Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > नेतृत्वका लागि इन्जिनियरहरु भिड्दै

नेतृत्वका लागि इन्जिनियरहरु भिड्दै

काठमाडौ, २८ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएशनसको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको हो । निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतीशील समूह र लोकतान्त्रिक समूहका इ्िरन्जनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन । केन्द्रिय कार्य कारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व त्रिरत्न बज्राचार्यले गर्नु भएको छ भने लोकतान्त्रिक समूहको नेतृत्व हिरेन्द्रमान प्रधानले गर्नु भएको छ । यसैबीच, मतदानमा सहभागी भएका इन्जिनियरहरुले पेशागत मर्यादा कायम राख्न सक्नेलाई एशोसिएसनको नेतृत्वमा चयन गर्ने बताएका छन ।

२७ हजार सदस्यआवद्ध रहेको एशोशिएसनको ३२ औं कार्यकारिणी समिति र सात वटा प्रदेशको प्रादेशिक कार्यकारिणी समिति गठनका लागि मतदान भईरहेको हो । एशोसिएशनको केन्द्रिय कार्यकारिणी समितिमा १८ जना र प्रादेशिक कार्यकारिणी समितिमा १६÷१६ जनाको कार्य समिति हुनेछ । दुई वर्षे पदावधि रहेको एशोसिएसनको नेतृत्व चयनका लागि जारी मतदान साँझ ५ सम्म हुनेछ । त्यसपछि मतदान सुरु हुने पनि एशोसिएशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *