Friday, November 27, 2020
Home > अन्तराष्ट्रिय समाचार > कोइलाखानीमा फसेका कामदारको उद्धार

कोइलाखानीमा फसेका कामदारको उद्धार

एजेन्सी । अमेरिकाको एक कोइलाखानीमा पाँच दिनदेखि फसेका तीन जना कामदारको सकुशल उद्धार गरिएको छ ।

अमेरिकाको पश्चिमी भर्जिनियामा रहेको कोइलाखानीमा तामाको तार खोजीका क्रममा प्रवेश गरेका पाँचमध्ये तीनजना फसेका थिए । भूमिगत सो कोइलाखानी हजारौं फिट गहिराईमा रहेको बताइएको छ । कोइलाखानीमा फसेकाहरुको उद्धारका लागि दर्जनौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो । उद्धार गरिएकाहरुलाई परिवारजनको जिम्मा लगाइएको छ । सो कोइलाखानीमा बर्सेनि दुर्घटना हुने गरेका छन् । गत वर्षको जुलाईमा पनि सोही कोइलाखानीमा फसेका दर्जनौं मजदुरको उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *