Monday, April 19, 2021
Home > राष्ट्रिय समाचार > शृंखला खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने

शृंखला खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने

काठमाडौ, २८ मंसिर । मिस वल्र्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वल्र्ड’ श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने हुनुभएको छ ।

मिस नेपाल वल्र्ड खतिवडाले एक हजार वटा कमलसहितको न्यानो कपडा अव छिट्टै गृहजिल्ला मकवानपुरको चेपाङबस्ती वितरण गर्ने जानकारी गराउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले त्यहाँको चेपाङ बस्तीको हेल्प पोष्ट निर्माण गरिएको पनि बताउनुभयो । मिस नेपाल वल्र्ड खतिवडाले आफूले मिस वल्र्डमा सहभागी हुन मिस नेपालमा भाग लिएको पनि खुलासा गर्नुभयो । मिस वल्र्डमा ‘व्यूटि वीथ प्रपोज’ उपाधि हात पार्न सफल उहाले आफू सोही उपाधि हात पार्न सफल भएकोमा खुसी पनि व्यक्त गर्नुभयो । मिस वल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पनि मिस नेपाल वल्र्ड खतिवडाले पटक पटक आभार व्यक्त गर्नुभयो । मिस वल्र्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *