Friday, November 27, 2020
Home > मुख्य समाचार > नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

आज दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्धार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले जानकारी दिनुभयो । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा लाग्ने डीएसपी भट्टराईले बताउनुभयो । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *