Friday, November 27, 2020
Home > खेलकुद समाचार > काठमाडौं किङ्स इलाभेन इपिएलको प्ले अफमा

काठमाडौं किङ्स इलाभेन इपिएलको प्ले अफमा

काठमाडौ, २९ मंसिर । एभरेस्ट प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान सुरक्षित गरेको हो । खेलमा भैरहवाले दिएको १ सय ५० को लक्ष्य काठमाडौंले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । काठमाडौंलाई जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक प्रहार गरे । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले १,१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमाएको थियो । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक–एक विकेट लिएका थिए । आजको जितसंगै एक खेल खेल्न बाँकी छँदै प्ले अफमा पुगेको काठमाडौले ६ अंक जोडेको छ । भैरहवा र ललितपुर यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *