Sunday, December 15, 2019
Home > खेलकुद समाचार > क्रिकेटर शक्ति गौचनले लिए सन्यास

क्रिकेटर शक्ति गौचनले लिए सन्यास

काठमाडौ, २९ मंसिर । नेपाली क्रिकेट टोलीका प्रमुख सदस्य शक्ति गौचनले आफ्नो खेल जीवनबाट सन्यास लिएका छन ।

आज पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल उनको करियरको अन्तिम खेल बनेको छ । उनले आजको खेलसँगै क्रिकेटका सम्पूर्ण खेलबाट सन्यास लिएका छन् । उनी सहभागी टोली पोखरा राइनोज र चितवन टाइर्गसका खेलाडीले उनलाई काधमा राख्दै मैदान वरपर घुमाएका थिए । सो क्रममा उनले नेपालको झण्डा काधमा बोक्दै आँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए । १९ वर्षे खेलाडीको जिवनबाट टाढा भएपनि उनले आफु यो क्षेत्रसँग सधै साथ रहने बताएका छन् । अन्तिम खेलमा शक्तिले ४ ओभरमा २५ रन दिएका छन । उनले विकेट भने प्राप्त गर्न सकेनन् । ३४ वर्षीय गौचनले नेदरल्याण्डस् विरुद्ध जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका शक्ति ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन् । उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए । शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी पनि हुन । शक्तिले २००२ मा न्युजिल्याण्डमा भएको अन्डर नाइन्टिन विश्वकप खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *