Monday, August 19, 2019
Home > खेलकुद समाचार > म्यान सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यान सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा


साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङले अर्को गोल थपेका थिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । जितसँगै सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । उपाधि होड कायम राख्ने क्रममा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ४२ अंक छ । सिटीसँग पराजित एभर्टन भने २४ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले बर्नलेविरुद्ध साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो । यो जितसँगै तेस्रो स्थानको टोटनह्यामले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नले १२ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा उल्भर ह्याम्टनले बर्नमाउथलाई र वेस्टह्याम युनाइटेडले फूलह्यामलाई समान २–० तथा वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *