Wednesday, April 01, 2020
Home > खेलकुद समाचार > स्पेनिस ला लिगामा मड्रिडका दुबै क्लब विजयी

स्पेनिस ला लिगामा मड्रिडका दुबै क्लब विजयी


स्पेनिस ला लिगामा मड्रिडका दुबै क्लब एथ्लेटिका मड्रिड र रियल मड्रिड विजयी भएका छन् । एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई ३–२ गोलले हराउँदा रियल मड्रिडले भने रायो भालेकानोलाई १–० ले पराजित र्गयो । भालाडोलिडको मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउनका लागि एन्टिन्यो ग्रिजम्यानले दुई गोल गरेका थिए । जीतसँगै एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ । रियल मड्रिडले रायो भोलेकानोलाई १–० ले हराउँदा करिम बेन्जेमाको गोल निर्णायक बन्यो । रेलिगेसन जोनमा रहेको भालेकानो खेलमा फर्किन नसक्दा रियल विजयी भयो । जीतसँगै रियलले २९ अंक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *