Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > बार्सिलोनाको जितमा लियोनल मेस्सीको ह्याट्रिक

बार्सिलोनाको जितमा लियोनल मेस्सीको ह्याट्रिक


स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरेका छन । भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल मेस्सी आफैँले गोल गर्दै टिमको अग्रता दुई शून्यमा र्पुयाए । पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । जसमा ४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँगको दुरी तीन अंकमा कायम राखेको छ । बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *