Thursday, October 17, 2019
Home > खेलकुद समाचार > सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्ने तयारी

सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्ने तयारी

काठमाडौ, २ पुस । सरकारले सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने तयारी गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन)ले आजबाट काठमाडौंमा सुरु गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दैै उहाँले विद्यालय तहमै खेलकुदको विकासका लागि आवश्यक भौतिक पूर्वाधारलगायतका वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि आधार भूमिको रुपमा रहेकाले पनि सरकारले खेल क्षेत्रको विकासका लागि विद्यालयहरुमा उपयुक्त वातावरण बनाउन लागि परेको पनि स्पष्ट पार्नुभयो । खेल क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री विश्वकर्माको योजना छ ।

मन्त्री विश्वकर्माले मुलुकको मान, इज्जत र प्रतिष्ठाका लागि पनि खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको पनि स्मरण गराउनुभयो । कार्यक्रममा बोल्दै एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहको पाठयक्रममै खेलकुद सम्बन्धि पाठ्यक्रम तयार पार्न सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *