Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > निर्मला निम्ति बालबालिकाहरुको प्रदर्शन

निर्मला निम्ति बालबालिकाहरुको प्रदर्शन

विराटनगर, २ पुस । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज बालबालिकाहरुले विराटनगरमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेका छन् ।

विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल र बाल्मीकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले निर्मलाका लागि सरकार संग न्याय माग गर्दै शान्तिपूर्ण र्याली प्रदर्शन गरेका हुन । विराटनगरको मुख्य बजार र विभिन्न भागको परिक्रमा गर्दै ट्राफिक चौकमा आएर र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थीहरुले निर्मलालाई न्याय दिन ढिलाइ गरेर सरकारले आफुहरु जस्ता बालबालिका माथि अन्याय गरेको बताएका थिए । सरकारले बलात्कारी र हत्यारालाइ सजाय दिन ढिलाइ गरेको बताउँदै उनीहरुले सबै बालबालिकाहरुले आफै सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *