Thursday, April 02, 2020
Home > खेलकुद समाचार > हिमालयन शेर्पाद्धारा न्युरोड टिम एनआरटी पराजित

हिमालयन शेर्पाद्धारा न्युरोड टिम एनआरटी पराजित

ललितपुर, २ पुस । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरेका थिए । जितसंगै हिमालयन शेर्पा तालिकाको छैटौ स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिससंग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडी परेको हो । एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । यस्तै आज भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । काठमाडौंको हलचोक मैदानमा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ गोल अन्तरले हराएको हो । जितसंगै संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गरेको छ । संकटाले ९ खेलबाट २४ अंक जोडेको छ । संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ । जितसंगै संकटाले उपाधि होडमा आफुलाई कायम राखेको छ । हारसंगै फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ । यस्तै एन्फा टेक्निकल सेन्टरमा आजै भएको अर्काे खेलमा भने सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन् । बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौँ स्थानमा छ भने सरस्वती १० अंक सहित नवौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *