Wednesday, January 27, 2021
Home > मुख्य समाचार > हात्तीका कारण मधुमल्लाबासी सधैं आतंकित

हात्तीका कारण मधुमल्लाबासी सधैं आतंकित

मोरङ, २ पुस । जंगली हात्तीका कारण मोरङको मधुमल्लाबासी पीडित भएका छन् । जंगली हात्ती आतंकका कारण उनीहरुलाई दिनमा भोक र रातमा निद्रा लाग्न छाडेको छ । २०५० सालयता हात्तीको आक्रमणबाट मधुमल्लामा मात्रै १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै लाखौ मूल्य बराबरको आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् स्थानीय ।

मोरङको उर्लाबारी नगरपालिकाको मधुमल्लामा अवस्थित मेचेडाँगीका अमर कार्कीलाई रातमा निन्द्रा लाग्दैन । जंगल नजिकै भएकाले कुन बेला र कतीखेर जंगली हात्ती पस्ने हो टुंगो नभएका कारण रातमा निद्रा नपरेको हो । कार्की मात्र होइन सोही ठाउँकी विष्णुमाया खकुरेल पनि उत्तिकै चिन्तीत छिन । पटक–पटक आउने जंगली हात्तीले गर्ने उपद्रो र बिनाशले कार्की र खकुरेलमात्र होईन मधुमल्लाबासी नै चिन्तीत छन् । उर्लाबारी नगरपालिकाको वडा नम्बर १ मा ५ हजार घरपरिवारको बसोबास छ । करिब २१ हजार जनसंख्या रहेको वडालाई हात्ती आतंकमुक्त बनाउन निक्कै समस्या भएको वडा अध्यक्ष मचिन्द्र कार्की जानकारी दिनुभयो । उहाँले हात्ती पीडितका लागि राहतको व्यवस्था गरिएको बताउनुभयो ।

मधुमल्लाबासी पटक–पटक हात्ती आक्रमणको शिकार हुने गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले हात्तीबाट सुरक्षित हुन् विभिन्न बत्ती, साइरन जडानलगायतको व्यवस्थापन गरेको बताउनु भयो । सरकारले उनीहरुलाई हात्तीको आक्रमणबाट सुरक्षीत राख्ने योजना तत्कालै कार्यान्वयनमा ल्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *