Saturday, March 23, 2019
Home > मुख्य समाचार > पार्टीलाई एकताबद्ध बनाउन नेकपा नेतृत्वसँग माग

पार्टीलाई एकताबद्ध बनाउन नेकपा नेतृत्वसँग माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन । केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको आजको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना पनि गरेका थिए । उनीहरुले सरकारले जनअपेक्षाअनुसार पनि काम गर्न नसकेको भन्दै गुनासो पनि गरे । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा ८ जना नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक रुपले पनि एकतावद्ध बनाउन ढिलाई नगर्न नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । सोमबारको बैठकमा पनि नेताहरुले विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्र्काे आलोचना गरेका थिए । आजको बैठकमा अध्यक्षद्धय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले भाग लिनु भएको थियो । सरकार र पार्टीको हालसम्मको काम कार्वाहीबारे नेताहरुले बैठकमा आ–आफ्नो धारणा राख्नु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी समिति बैठक भोलि पनि बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *