Thursday, June 04, 2020
Home > राष्ट्रिय समाचार > ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

ताप्लेजुङ, ३ पुष । हिमाली जिल्ला ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवनमा प्रभाव पार्न थालेको छ ।

जिल्लाको उत्तरी ओलाचुङगोला, याङमा, घुन्सा क्षेत्रमा भारी हिमपात भएको स्थानीय बासीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढेको छ । पाथीभरा क्षेत्रमा दुईफुट बढि हिउँ परेको छ । हिमपातका करण तिर्थ यात्रीलाई समस्या भएको बताईएको छ । तल्लो फेदी सम्म हिउ पर्न थालेको स्थानीय होटल व्यवसायी रुपेश पोख्रेलले बताउनुभयो । जिल्लाका दर्जनै ठाउँहरुमा हिमपात भएको स्थानीय बासीहरुको भनाई रहेको छ । जिल्लाका पापुङ, तोक्पेगोला, गोदक, गुफापोखरी, हिमाली क्षेत्रका गाउँहरुमा हिउँ परेको विभिन्न क्षेत्रबाट स्थानीयबासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *