Monday, April 19, 2021
Home > राष्ट्रिय समाचार > अन्तरिम लेखा परीक्षणका लागि कानुनी व्यवस्था गर्न माग

अन्तरिम लेखा परीक्षणका लागि कानुनी व्यवस्था गर्न माग

काठमाडौ, ३ पुष । प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन ।

आज सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन । बैठकमा बोल्दै प्रतिनिधिसभाका सांसद भरतकुमार शाहले बेरुजु बढने अवस्था भएका निकायमाथि तत्काल लेखा परीक्षण गर्नेगरी अन्तरिम लेखा परीक्षणको कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणसम्बन्धि वार्षिक प्रतिवेदन तयार पारी राष्ट्रपतिलाई बुझाउने संवैधानिक व्यवस्था छ । सो व्यवस्था परिमार्जन गर्नुपर्ने प्रतिनिधिसभाका सांसदहरुको माग छ ।
प्रतिनिधिसभाका अर्का सांसद प्रेम सुवालले बेरुजु हुनै नदिने गरी कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । हाल मुलुकमा बेरुजु ५ खर्ब ८ करोड पुगेको छ । त्यसलाई फस्र्यौट गर्दै लैजाने गरी कानुन बनाउनुपर्ने सांसदहरुको सरकारसँग माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *