Wednesday, January 27, 2021
Home > मुख्य समाचार > महेन्द्र मोरङमा विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेन

महेन्द्र मोरङमा विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेन

विराटनगर, ३ पुष । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई हिजो ४ घन्टासम्म कार्यकक्षमै थुनेर तालाबन्दी शुरु गरेका विद्यार्थी संगठनसँग आज दिउसो भएको वार्ता निश्कर्षविहीन भएपछि तालाबन्दीलाई उनीहरुले निरन्तरता दिएका हुन । आज वार्ता बस्ने भनेर सहमति भएपछि हिजो अपरान्ह क्याम्पस प्रमुख तिम्सिनालाई कार्यकक्षबाट बाहिर निकालिएपनि विद्यार्थीले तालाबन्दीलाई निरन्तरता दिएका छन । विगतका विभिन्न वार्तामा भएका सहमतिलाई कार्यान्वयन गर्न र नयां मुद्धालाई समेत सम्बोधनगर्न क्याम्पस प्रशासन उदासिन भएपछि आजको वार्ता सफल हुन नसकेको अनेरास्वियु क्रान्तिकारीका क्याम्पस इकाई कमिटि अध्यक्ष अभिमन्यु यादवले जानकारी दिनुभयो । वार्तामा ठोस सहमति नभएसम्म तालाबन्दीलाई निरन्तरता दिइने विद्यार्थी संगठनहरुले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *