Thursday, September 24, 2020
Home > मुख्य समाचार > शिखरबाबा धामलाई मूर्ति हस्तान्तरण

शिखरबाबा धामलाई मूर्ति हस्तान्तरण

इलामका समाजसेवी डम्बर खड्काले देउमाई नगरपालिका ४ मा रहेको शिखरबाबा धामलाई मुर्ती हस्तान्तरण गर्नुभएको छ । शिव भगवानको करिव एक लाख पर्ने मुर्ती उहाँले एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । धार्मिक पर्यटक भित्र्याउन मठ मन्दिरले ठुलो सहयोग गरेको भन्दै शिखरबाबाधामको पनि प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर हस्तान्तरण गरेको समाजसेवी खड्काले वताउनुभयो । कार्यक्रममा बोल्दै खड्काले आगामी दिनमा पनि सक्दो सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । देउमाई नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राजेन्द्र वास्तोलाले धाममा जाने सडकलाई हिउँद वर्खा नै गाडी चल्ने गरी मर्मत गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *