Saturday, March 23, 2019
Home > खेलकुद समाचार > झापाको भद्रपुरमा भोलिदेखि भलिबल प्रतियोगिता हुने

झापाको भद्रपुरमा भोलिदेखि भलिबल प्रतियोगिता हुने

नेपाल–भारतको सीमानामा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको बालुवा हुने रिर्भर साइड ‘बीच’ भलिबलको तयारी पूरा भएको छ । भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा पुस ७ गतेसम्म सञ्चालन हुने अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिता तयारी पूरा भएको हो । पुस ५ गते अन्तर्राष्ट्रिय मानव एकता दिवसको दिन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यक्रमको उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन खेल वडा नम्बर ५ र १० बीच हुनेछ । प्रदेश एकै मेची अञ्चलमा पहिलो पटक बीच भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष बन्धु कार्कीले बताउनुभयो । तीन दिन सञ्चालन हुने प्रतियोगतामा नगरभरीका १० वडाबाट ४० जना खेलाडीले भाग लिनेछन् । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद १५ र तृतीय हुने टिमलाई नगद ८ हजारसहित शिल्ड प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *