Monday, April 06, 2020
Home > खेलकुद समाचार > लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश

लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश

लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हरायो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले एक गोल फर्काउँदै खेल बराबरी गरे । अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान सिटी ३–१ ले विजयी भयो । लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा बाँकी दुई क्वाटरफाईनल खेल आज राति हुनेछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *