Monday, June 01, 2020
Home > खेलकुद समाचार > नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज बराबरीमा रोकिए

नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज बराबरीमा रोकिए

ललितपुर, ४ पुष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग १÷१ गोलको बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले कमजोर मानिएको बीबीसीसँग बराबरी खेल्दै अंक बाँडेको हो । बीबीसीविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन ग¥यो । सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो प्रदर्शन गर्न सकेन् । खेलको पाँचौं मिनेटमा नै कजिम बुसारीले गोल गर्दै बीबीसीलाई सुरुवाती अग्रता दिलाएको थियो । पहिलो हाफसम्म एक गोलले पछि परेको पुलिसले खेलको दोस्रो हाफमा गोल गर्दै बराबरी बनाएको हो । पुलिसका लागि अभिषेक रिजालले खेलको ७५ औं मिनेटमा गोल गर्न सफल भएका थिए । बराबरीसँगै पुलिसले ९ खेलबाट १५ अंक बनाएको छ । यता, बीबीसीले भने ९ खेलबाट पाँच अंक बटुलेकोे छ । लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक जोडेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *