Sunday, March 29, 2020
Home > खेलकुद समाचार > आर्सनलका समर्थकद्धारा टोटनह्यामका स्ट्राइकर डेले अल्लीमाथि बोतल प्रहार

आर्सनलका समर्थकद्धारा टोटनह्यामका स्ट्राइकर डेले अल्लीमाथि बोतल प्रहार

एजेन्सी । लिग कपको क्वार्टरफाइनलका क्रममा आर्सनलका समर्थकले टोटनह्यामका स्ट्राइकर डेले अल्लीमाथि बोतल प्रहार गरेका छन् ।

आर्सनलले थ्रो इन गर्ने समयमा टचलाइन नजिक रहेका अल्लीतर्फ आर्सनल समर्थकले प्लाटिकको बोतल फालेका थिए । इमिरेट्स स्टेडियममा ७३औं मिनेटको खेल जारी रहँदा उनीमाथि बोतल प्रहार भएपछि अल्लीले घरेलु फ्यानतर्फ २–० भइसकेको इसारा गरेका थिए । टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले अन्य देशमा भए समर्थकलाई खेलमा प्रतिबन्ध लगाइने तर भाग्यबस यसले कुनै ठूलो समस्या खडा नगरेको प्रतिक्रिया दिएका छन । घटनामा संलग्न ब्यक्ति पत्ता लगाउन सीसीटीभी परीक्षण भइरहेको आर्सनलले जनाएको छ । पछिल्लो केही दिन यता इंग्लिस फुटबलमा फ्यानहरुको यस्ता अराजक कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *