Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > अन्र्तराष्ट्रिय मैथिली सम्मेलन यहि ७ र ८ गते जनकपुरधाममा हुने

अन्र्तराष्ट्रिय मैथिली सम्मेलन यहि ७ र ८ गते जनकपुरधाममा हुने

जनकपुर, ५ पुष । अन्र्तराष्ट्रिय मैथिली सम्मेलन यहि ७ र ८ गते जनकपुरधाममा हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल भारतका प्रसिद्ध साहित्यकारहरुको सहभागिता रहनेछ । मैथिली सम्मेलन मातृभाषाको प्रतिष्ठा र उचित सम्मान उपलबध गराउने अभियानको रुपमा रहेको जनाइएको छ । सम्मेलनको पहिलो दिन प्रभातफेरीको आयोजना गरिने जनाइएको छ । त्यसैगरि उद्घाटन सत्रमा मिथिला रत्न र मिथिला श्री सम्मान प्रदान गरिने जनाइएको छ। सम्मेलन आयोजक समितिका संयोजक राम भरोस कापडि भ्रमरले सम्मेलनमा विभिन्न सांस्कृति झाँकी, विचार गोष्ठि, कवि गोष्ठि, संगितिक कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले अहिले मैथिली भाषामाथि केही दिन यता आएर नियोजित रुपमा प्रहारहरु भईरहेको बताउदै मातृ भाषाको विकास र सम्वद्र्धनको लागि सम्मेलन महत्वपूर्ण हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *