Tuesday, January 19, 2021
Home > खेलकुद समाचार > मछिन्द्रद्धारा सरस्वती युथ ४–२ गोल अन्तरले पराजित

मछिन्द्रद्धारा सरस्वती युथ ४–२ गोल अन्तरले पराजित

ललितपुर, ६ पुष । ए डिभिजन लिगको १० औं चरणमा आएर मछिन्द्र क्लबले जित निकालेको छ ।

आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४–२ गोलले हराएको छ । खेल सुरु भएको चौथो मिनेटमै आत्मघाती गोलले सरस्वतीले अग्रता बनाएको थियो । त्यसको १२ औं मिनेट नबित्दै मछिन्द्रले बराबरी गोल गर्यो । यस्तै खेलको २० औं मिनेटमा बसाडिया डाईमन्डीले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फ्रान्सीस ओएमाले गोल गर्दै सरस्वतीले मछिन्द्रलाई दवाव दियो । दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरु सिर्जना गरेको थियो । तर गोल गर्न भने असफल रह्यो । थपिएको ५ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमैे मछिन्द्रले ४–२ गोलको अन्तर बनायो । जितसँगै मछिन्द्र क्लबको १० खेलबाट ६ अंक सहित लिगको ११औं स्थानमा उक्लेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *