Monday, January 18, 2021
Home > मुख्य समाचार > कांग्रेसमा देखिएको पदाधिकारी विवाद सुल्झियो

कांग्रेसमा देखिएको पदाधिकारी विवाद सुल्झियो

काठमाडौ, ६ पुष । नेपाली कांग्रेसको विधान मस्यौदामा सहमति जुटेको छ ।

आज बिहान पार्टीका शीर्ष नेताहरुबीच सहमहामन्त्रीको संख्या ७ जनासहित पदाधिकारी संख्या १३ जना पु¥याउने विषयमा सहमति जुटेपछि विधान मस्यौदामा देखिएको विवाद अन्त्य भएको हो । सो सहमतिलाई केन्द्रिय कार्य समितिको बैठकले अनुमोदन गरेपछि भोलि महासमिति बैठकमा पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । शीर्ष नेताहरुबीच सभापति तथा कोषाध्यक्ष १÷१, उपाध्यक्ष २, महामन्त्री २ र सहमहामन्त्री समावेशीसहित ७ जना पु¥याउने सहमति जुटेको हो ।

नेताहरुबीच विधान मस्यौदामा सहमति नजुटेकै कारण कांग्रेस महासमिति बैठक लम्विएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा महासमितिका सदस्यहरुले पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन । भोलिको बैठकमा भने विधान प्रतिवेदन पेश हुनेछ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले सो प्रतिवेदन पेश गर्नुहुने र यस अघि प्रस्तुत भएका अन्य ४ वटा प्रतिवेदनहरु पनिसँगै पारित हुने काँग्रेसले जनाएको छ । महासमिति बैठकबाट काँग्रेसले नयाँ उर्जा प्राप्त गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *