Sunday, May 26, 2019
Home > खेलकुद समाचार > थ्री स्टार र भ्याली च्यासलले बराबरी खेले

थ्री स्टार र भ्याली च्यासलले बराबरी खेले

ललितपुर, ७ पुष । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

यस बराबरीसँगै थ्री स्टारको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । थ्री स्टारले लिगका १० खेलमा ७ जित, २ बराबरी र १ हारसँगै २३ अंक जोडेको छ । थ्री स्टार मनाङभन्दा ४ अंकले पछाडी छ र मनाङले एक खेल कम खेलेको छ । यता च्यासलले भने १० खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *