Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > किराँत समुदायले उधौली पर्व मनाउँदै

किराँत समुदायले उधौली पर्व मनाउँदै

७, पुष । आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् ।

खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ । यस्तै नेवार समुदायले योमह्री पूर्णिमा मनाउँदैछन् । जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *