Friday, April 03, 2020
Home > मुख्य समाचार > याङशिलाबासी सर्पदंश उपचार केन्द्र निर्माणमा जुटे

याङशिलाबासी सर्पदंश उपचार केन्द्र निर्माणमा जुटे

मोरङ, ७ पुष । सुगम क्षेत्रहरुमा मात्रै सर्पदंश उपचार केन्द्र हुँदा दुर्गम गाउँका सर्पदंशका विरामीहरु उपचार केन्द्रसम्म आइनपुग्दै मृत्यु हुने गर्छ । यही कुरालाई मध्यनजर राख्दै मोरङ जिल्लाको याङशिलाका स्थानीयहरुले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण थालेका छन् ।

जंगल नजिकै रहेका गाउँका स्थानीय सर्पकै डसाइकै कारण वर्षेनी धेरैको संख्यामा ज्यान गुमाउनु परिरहेको छ । उत्तरी मोरङका स्थानीयवासीहरु सर्पले डसे धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा ईटहरीस्थित पुर्वी पृतना केन्द्रमा उपचारका लागि आउनुपर्ने बाध्यता छ । उपचार केन्द्र सम्म पुरयाउनु पर्ने बाध्यतालाई चिर्दै स्थानीयले आफ्नै गाउँमा सर्पदंश उपचार केन्द्रका लागि भवन निर्माणमा जुटेका छन् । मोरङ जिल्लाको उत्तरी क्षेत्र केराबारी गाउँपालिका वडा नम्बर ६ स्थित याङशिलाका स्थानीयवासी सर्पदंश उपचार केन्द्र बनाउन जुटेका हुन् । याङशिलामा रहेको कालीशक्ति गणको जनशक्ति र स्थानीयहरुको ५७ लाख रुपैयाको लगानीमा केन्द्रका लागि भवन निर्माण भईरहेको छ । १५ धुर क्षेत्रफलमा ८ कोठाको भवनका लागि विभिन्न दाताहरुको सहयोगमा वैशाखसम्ममा भवन निर्माण भईसक्ने लक्ष्य लिएको छ । केन्द्र बनेसंगै केराबारी गाउँपालिका सहित धरान उपमहानगरपालिकाको वडा नम्बर ६ का बासिन्दाहरु लाभान्वित हुनेछन् । शहरमा सर्पको डर हुँदैन तर गाउँहरुमा हुने सर्पदंश को जोखिमलाई न्यूनिकरण गर्न शहर धाउनुपर्ने बाध्यताको अन्त्य हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *