Monday, August 19, 2019
Home > खेलकुद समाचार > ईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि ललितपुरलाई

ईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि ललितपुरलाई

काठमाडौं, ७ पुष । ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

आज भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सलाई १४ रनले हराउँदै ज्ञानेन्द्र मल्लको ललितपुर च्याम्पियन बनेको हो । उपाधिसंगै ललितपुरले २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले ९ विकेट गुमाएर १४१ रनमात्र बनाउन सक्यो । भैरहवाका लागि प्रदीप ऐरीले ३४ तथा रबी इन्दर सिंहले २९ रन जोडे । ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । उनले ५२ बलमा ५७ रन बनाएर आउट भए । ललितपुरलाई सस्तैमा समेट्न भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डेसकाटेले समान २–२ विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *