Sunday, May 26, 2019
Home > खेलकुद समाचार > फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडलाई

फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडलाई

स्पेनिस क्लब रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ ले हराउँदै रियलले लगातार तेस्रो पटक उपाधि जितेको हो । खेलमा रियललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गरे । अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए । रियल म्याड्रिडले यसअघि सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । समग्रमा भने रियलले चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *