Wednesday, May 27, 2020
Home > मुख्य समाचार > खोटाङमा खाली ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

खोटाङमा खाली ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दिक्तेलबजारबाट रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर मझुवागढी ६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, सोही ठाउँका २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी ७ दोर्पा चिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो । लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाईते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक छ । उनलाई हेलीकोप्टरबाट काठ्माण्डौं पठाईएको छ । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *