Sunday, December 15, 2019
Home > खेलकुद समाचार > पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुने

पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुने

काठमाडौं, ९ पुष । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुनुहुने भएको छ ।

अष्ट्रेलियाका विभिन्न चार मुख्य शहरहरुमा आयोजना हुन लागेको सो कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐरी र सुवास प्रधान आज राति नै अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएको हो । ‘एक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको सो कार्यक्रमबारे आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले सो खेल कार्यक्रमले नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक लगानी भित्रयाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नु भयो । ‘नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने सो खेल कार्यक्रम अष्ट्रेलियाको सिडनी, मेलबर्न, ब्रिसबेन, एडीलेडमा आयोजना हुनेछ । एक्सपर्ट सिड्नी मुख्य प्रायोजन र नेपालय इन्टरनेशनलको व्यवस्थापनका सो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले अष्ट्रेलियाका अन्य खेलाडीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको नेपालय इन्टरनेशनलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *