Sunday, March 29, 2020
Home > अन्तराष्ट्रिय समाचार > सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुग्यो

सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुग्यो

एजेन्सी । इन्डोनेसियाको अनाक क्रकाटाउ ज्वालामुखी नजिक बसोवास गर्ने मानिसहरुलाई समुन्द्र नजिकका क्षेत्रहरुबाट टाढा रहन आग्रह गरिएको छ ।

फेरि ठूलो सुनामी आउने खतरा रहेको भन्दै स्थानीय अधिकारीहरुले सबैलाई सचेत रहन आग्रह गरेका हुन । गत शनिवार ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ । उक्त प्रकोपका कारण घाइते हुनेको संख्या १ हजार १६ पुगेको छ भने त्यतिकै संख्यामा मानिसहरु वेपत्ता रहेको जनाइएको छ । ज्वालामुखी विस्फोटका कारण समुन्द्रमा पहिरो गएको र त्यसबाट शक्तिशाली सामुन्द्रीक आँधी आएको अधिकारीहरुले बताएका छन । शनिवार विस्फोट भएको अनाक क्रकाटाउ ज्वालामुखीबाट आइतवार फेरि लाभा र धुँवाहरू आएको थियो । आँधीका कारण सयौँ घरहरु भत्किएका छन । विस्थापितहरुका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ । आँधीका कारण सडक र हवाई मार्गहरु बन्द हुँदा उद्धारकार्यमा असर परेको छ । इन्डोनेसियामा धेरै सक्रिय ज्वालामुखी रहेका कारण विस्फोटका घटनाहरु भइरहने अधिकारीहरुले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *