Sunday, March 29, 2020
Home > आर्थिक समाचार > घरेलु कामदारलाई खाडी जान दिने सरकारको प्रस्ताव

घरेलु कामदारलाई खाडी जान दिने सरकारको प्रस्ताव

काठमाडौं, ९ पुष । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीभए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नुभएको हो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सोमबारको बैठकमा मन्त्री विष्टले कामदारकै दवावमा घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गर्नु परेको पनि स्पष्ट पार्नुभयो । यता, समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने सरकारको सो प्रस्ताव अस्विकार गर्नु भएको थियो । उहाँले सम्बन्धित निकायसँग अनुगमन नगरी समितिले सरकारको सो प्रस्ताव मान्न नसक्ने अडान राख्नु भएको थियो । समितिले खाडी मुलुकको अनुगमनपछि २०७३ सालमै खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । सो निर्णय कायम राख्न सभापति श्रीवास्तवले सरकारलाई सचेत गराउनुभयो ।

बैठकमा मन्त्री विष्टले घरेलु कामदार आफैले दवाव दिन थालेपछि सो प्रस्ताव अघि सारिएको पनि समितिलाई जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *