Friday, April 03, 2020
Home > मुख्य समाचार > गएराति एक घरमा आगलागी हुँदा रिनाको जलेर मृत्यु

गएराति एक घरमा आगलागी हुँदा रिनाको जलेर मृत्यु

मोरंगको उर्लाबारी ७ स्थित बरगाछीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका गएराति खरले छाएको घरमा आगलागी हुँदा करिब ४५ वर्षिया रेनुका थापा रिनाको जलेर मृत्यु भएको हो । बेलुका खाना खाएर सुत्ने तरखर गर्ने क्रममा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । निरीक्षक तिमिल्सिनाका अनुसार, आगलागीका समय घरमा ८४ वर्षिय ससुरा रामबहादुर थापा र २० वर्षिय छोरा हेमन्त थापा र मृतक रिनामात्र थिए । अचानक आगलागी भएपछि, बृद्ध ससुराले हार गुहार गरेका थिए । अर्कोतर्फ छोरा हेमन्तले भने आगोको चपेटामा परेकी आमा रिनालाई बचाउन आगोमा होमिएका थिए । यसक्रममा हेमन्त घाइते भएका छन् । प्रहरी निरिक्षक तिमिल्सिनाका अनुसार घाइते हेमन्तलाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा भर्ना गरिएको छ । आगलागी नियन्त्रणका लागि दमकबाट दमकल झिकाइएको थियो । दमकललाई आगलागी नियन्त्रण गर्न एक घण्टा लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *