Thursday, June 04, 2020
Home > खेलकुद समाचार > बिग ब्याश लिगमा युवा स्पिनर सन्दीप लामिछानेले आज ३ विकेट लिए

बिग ब्याश लिगमा युवा स्पिनर सन्दीप लामिछानेले आज ३ विकेट लिए

एजेन्सी । अष्ट्रेलियाको बिग ब्याश लिगमा युवा स्पिनर सन्दीप लामिछानेले आज ३ विकेट लिएका छन् ।

त्यसका बाबजुद पनि उनको टिम मेलबर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । आज होबर्ट हरिकन्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिंदै ३ विकेट लिएका हुन् । सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् । १४ औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए । १६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे । सन्दीपले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ र निक लार्किनले ४५ रनको पारी खेले । मार्कस स्टोइनिसले २२ रन बनाए । १५६ रनको लक्ष्य होबर्ट हरिकन्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान वेडले ५२, डार्सी सर्टले ३४ तथा बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ रन बनाए । मेलबर्नले यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *