Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > मेलम्चीको ठेक्का विघटनको संघारमा

मेलम्चीको ठेक्का विघटनको संघारमा

काठमाडौं, १० पुष । पेटी ठेकेदारहरुले सरकारले समयमै भुक्तानी नदिएका कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का विघटनको संघारमा पुगेको दाबी गरेका छन् ।

पेटी ठेकेदारहरुले इटालियन ठेकेदार कम्पनी सिएमसीलाई समयमै भुक्तानी नदिएर सरकारले निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ठेक्का विघटनाको संघारमा पुर्याएको बताएका हुन् । सो आयोजनामा आवद्ध ४२ वटा कम्पनीका पेटी ठेकेदारहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो ठेक्का विघटन भए त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन दिएका छन । सरकारकै कारण अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का विघटनामा संघारमा पुगेको पेटी ठेकेदार श्रीराम न्यौपानेले बताउनु भयो । उहाँले सरकारले भुक्तानी नदिएकै कारण सिएमसी कम्पनीले आफूहरुलाई डेढ अरव रुपैँया भुक्तानी दिन बाँकि रहेको उल्लेख गर्दै त्यसलाई उपलब्ध गराउने वातावरण बनाउन पनि सरकारसँग माग गर्नु भयो । कारणबश सो ठेक्का सम्झौंता रद्द हुने अवस्था आएका आफूहरुको बाँकि सम्पूर्ण भुक्तानी सरकारले गर्नुपर्ने पेटी ठेकेदारहरुको माग छ ।

यसैबीच, विज्ञहरुले पनि मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । जलविद्युत विज्ञ तारा सापकोटाले ठेकेदार कम्पनीलाई समयमै भुक्तानी नदिएर सरकारले अन्तिम चरणमा पुगेको सो आयोजनाको ठेक्काको काम अलपत्र पारेको आरोप लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *