Thursday, February 27, 2020
Home > खेलकुद समाचार > डिपिएल टी–२० क्रिकेट एक हप्ता पछि सर्याे

डिपिएल टी–२० क्रिकेट एक हप्ता पछि सर्याे

१०, पुष । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिता एक हप्ता पछि सरेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल युएईंबीच क्रिकेट सिरिज हुने भएको कारण प्रतियोगिता एक हप्ता पछि सारिएको उल्लेख गरिएको छ । डिपिएल माघ १९ बाट फागुन ४ सम्म हुने तय भएको थियो । सोही समयमा नेपाल र युएईंबीच एक दिवसीय र टी–२० का खेलहरु हुने तय भएको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो पटक एक दिवसीय खेल खेल्न लागेको हो । नयाँ मिति अनुसार डिपिएल माघ २६ बाट फागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ । यस्तै आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ । खेलाडी दर्ता १७ गतेसम्मको लागि राखिएको छ । यसअघि १२ गतेसम्मको लागि रहेको थियो । अक्सन पुस १९ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *