Tuesday, August 04, 2020
Home > राष्ट्रिय समाचार > राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने

राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने

काठमाडौं, १० पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गर्नु भएको हो । उहाँले सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दु राष्ट्र पुर्नस्थापना हुर्नैपर्ने दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *