Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > काठमाडौंमा फोटो प्रदर्शनी

काठमाडौंमा फोटो प्रदर्शनी

काठमाडौं, ११ पुष । राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थापनाको तीन बर्ष पूरा भएको अवसरमा राजधानीमा फोटो प्रर्दशनी गरेको छ ।

आज राजधानीको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रर्दशनीमा पुननिर्माण तथा पुनस्थापनामा भएका कार्य सम्बन्धी फोटोहरु राखिएको छ । फोटो प्रर्दशनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको हो । प्रर्दशनीमा भुकम्पले पुर्याएको क्षति, राहत वितरण, उद्धारकार्य तथा पुर्ननिर्माण भईरहेको दृश्य कैद गरिएका एक सय बढी फोटोहरु राखिएको छ । २०७२ सालको महाभुकम्प गएको ३ बर्ष ८ महिना पुगेको छ भने प्राधिकरण स्थापना भएको ३ बर्ष पुरा भएको छ । प्राधिकरणले यस अवधिमा निजी आवासको पुर्ननिर्माणको काम ४५ प्रतिशत सकिएको र ३२ प्रतिशत पुर्ननिर्मणको क्रममा रहेको जनाएको छ । प्राधिकरणका अनुसार ५५ प्रतिशत विद्यालय पुर्ननिर्माणको काम सम्पन्न भएको भने २५ प्रतिशतमा पुर्ननिर्माणको काम भईरहेको र २० प्रतिशत विद्यालय पुर्ननिर्माणका लागि स्रोत व्यवस्थापन गरि अघि बढाउने तयारी भईरहेको छ । प्रर्दशनी शुक्रबारसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *