Sunday, January 17, 2021
Home > खेलकुद समाचार > माघ २६ देखि अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

माघ २६ देखि अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

धरान, १३ पुष । मोफसलमै २१ वर्ष देखि निरन्तर आयोजना हुँदै आएको सबै भन्दा पूरानो अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औं संस्करण माघ २६ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबको आयोजनामा फागुन ४ गते सम्म धरान रंगशालामा हुने प्रतियोगितामा भारतीय टिम र बंगलादेशको टिम सहित राष्ट्रिय ६ टिम प्रतियोगितामा सहभागि हुने आयोजकले जनाएको छ । यस वर्षदेखि प्रतियोगिताको पुरस्कार राशी बढाएर विजेता टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाखसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई डियो स्कुटर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीलाई जनही २५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई १५ हजारका दरले पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षको अनुमानित आय ७४ लाख ६७ हजार ५ सय रुपैया रहेको छ भने खर्च ६० लाख २५ हजार रुपैया अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *