Sunday, January 17, 2021
Home > राष्ट्रिय समाचार > नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, १३ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

आज बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो । स्थायी समितिका नेताहरुले राख्नु भएको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ८ सदस्यीय कार्य दल पनि बनाएको छ । कार्य दलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहनु भएको छ । आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको सुझावलाई समेटेर अघि बढने प्रतिवद्धता जनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *