Friday, November 27, 2020
Home > खेलकुद समाचार > पुलिस क्लबद्धारा थ्री स्टार क्लब पराजित

पुलिस क्लबद्धारा थ्री स्टार क्लब पराजित

ललितपुर, १३ पुष । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टीम नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

आज भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोल अन्तरले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे । थ्री स्टारका आबाङ अल्बर्टले एक गोल गरे । यो हारसंगै थ्रीस्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको थ्री स्टारले ११ खेलबाट २३ अंक जोडेको छ । पुलिस १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यस्तै आज भएको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा १० खेलाडीमा सिमित सरस्वतीविरुद्ध आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले २ गोल गरे । जितसंगै आर्मीले ११ खेलबाट २१ अंक जोडेको छ । आर्मी लिगको चौथो स्थानमा छ । १० अंक जोडेको सरस्वती दशौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *