Sunday, July 05, 2020
Home > राष्ट्रिय समाचार > स्वच्छ वातावरणमा बाँंच्न पाउने अधिकारलाई प्रदेश १ सरकारले सुनिश्चित गर्ने

स्वच्छ वातावरणमा बाँंच्न पाउने अधिकारलाई प्रदेश १ सरकारले सुनिश्चित गर्ने

विराटनगर, १३ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्वच्छ वातावरणमा बाँंच्न पाउने संविधान प्रदत्त अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गर्ने वताउनु भएको छ ।

सबैका लागि घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार, भन्ने प्रमुख नारकासाथ राष्ट्रिय मानव अधिकार आयोगद्धारा आज विराटनगरमा आयोजित वातावरण, विकास र मानवअधिकार बिषयक एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहांले प्रदेश सरकारले वातावरणमैत्री भएर नै आफ्ना योजना र कार्यक्रमहरु बनाएको प्रष्ट पार्नु भयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले तयार पारिरहेको आवधिक योजनामा वातावरणमैत्री भएर योजनाहरु बनाई रहेको स्पष्ट गर्दै प्राकृतिक उपहारका रुपमा रहेका सम्पदालाई संरक्षण, सम्वद्र्धन र विकास गर्न वातावरणलाई पनि उत्तिकै ध्यान दिएको कुरामा जोड दिनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अहिलेकै स्थितिमै नेपाल अघि बढ्ने हो भने अबको १० वर्ष पछि वातावरणको दृष्टिले नेपालको अवस्था भयावह हुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रदेश १ का मुख्यसचिव केदार न्यौपानेले प्रदेश १ मा वातावरण प्रदूषण हुने जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा र बचावटको कार्य गर्ने वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *