Friday, April 03, 2020
Home > खेलकुद समाचार > बिजुलीकलीलाई हात्ती फाष्ट वाकको उपाधि

बिजुलीकलीलाई हात्ती फाष्ट वाकको उपाधि

चितवन हात्ती महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय हात्ती फास्ट वाकको उपाधी विजुलीकलीले हात परेकी छन् ।

हिजो मात्र सम्पन्न हात्ती सुन्दरीको समेत उपाधी जितेकी विजुलीकलीले सौराहा बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै निर्धारित १ सय मिटर दुरी २५ सेकेण्डमा पार गर्दै फास्ट वाकको समेत उपाधी हासिल गरेकी हुन् । विजुलीकली क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष शंकर शैजुको हात्ती हो । यस्तै नाटाबाट प्रतिनिधित्व गरेको लक्कीकलीले निर्धारित दुरी २७ सेकेण्डमा पार गर्दै फास्ट वाकको दोश्रो स्थान र मिनिसोबाट प्रतिनिधित्व गरेकी बम्बोजकलीले निर्धारित दुरी २८ सकेण्डमा पार गर्दै तेश्रो भए । लक्कीकली चेतनारायण कडेँल र बम्बोजकली गोपीकृष्ण श्रेष्ठको हात्ती हो । ३ चरणमा खेलाई फास्ट वाकमा १५ वटा हात्ती सहभागी भएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । अहिले हात्ती पोलो र फुटबलको फाइनल खेल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *