Monday, April 19, 2021
Home > मुख्य समाचार > नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना पक्राउ

नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना पक्राउ

काठमाडौं, १५ पुष । काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना गिरोह पक्राउ परेका छन ।

काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनि ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहिबार साँझ साँढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन । ठगिएका रमेश मगर र रवि तामाङले उजुरी दिएपछि परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनु भयो । उनको साथबाट प्रहरीले सुनजस्तो देखिने धातुको १० थान सिक्री, सुन जस्तो देखिने धातुको ३२ थान बेरुवा औंठी, सुनजस्तो देखिने धातुको सादा ब्रासलेट १ थान बरामद गरेको छ । त्यसैगरी नक्कली रिङ एक जोर, कानमा लगाउने नक्कली टप १ जोर, मोवाइल ४ थान, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र ११ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारले नक्कली सुनलाई सक्कली भनि ३ लाख ९० हजार असुली गरेको प्रहरीमा उजुरी परेको छ । सोही उजुरीको आधारमा उनीमाथि कार्वाही प्रक्रिया अघि बढाइएको पनि एसएसपी लामाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *