Friday, November 27, 2020
Home > खेलकुद समाचार > हात्तीका छावाहरुबीच रोमाञ्चकारी फुटबल

हात्तीका छावाहरुबीच रोमाञ्चकारी फुटबल

चितवन, १५ पुष । चितवन हात्ती महोत्सवअन्तर्गत हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटबलको उपाधी एनआईसी एशिया बैंकले हात परेको छ ।

प्रतियोगिता एनआईसी एशिया बैंक र सिजि फुड्लाई निर्धारित ३० मिनेटको खेलमा २ गोलका विरुद्ध ५ गोल गर्दै उपाधी हात पारेको हो । सौराहागजको ह्याट्रिक र तेजगजको २ गोलले नै एनआईसी एशिया बैंकलाई उपाधीलाई सफल भएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *