Tuesday, July 07, 2020
Home > मुख्य समाचार > हिउँमा खेल्न तेह्रथुममा आन्तरिक पर्यटकको घुइँचो

हिउँमा खेल्न तेह्रथुममा आन्तरिक पर्यटकको घुइँचो

तेह्रथुम, १५ पुष । शुक्रबारको हिमपातसँगै तेह्रथुमको बसन्तपुर क्षेत्रमा हिउँ खेल्ने पर्यटकहरुको चपल–पहल देखिएको छ । निकै बाक्लो हिउँ परेको खबर पाएपछि हिउँमा रमाउन पर्यटहरु आएका हुन् ।

यस क्षेत्रमा शुक्रबार लगभग १५ वर्षपछि हिउँ परेको स्थानीयबासीको भनाइ छ । लेक क्षेत्रमा वर्षेनी जस्तौ हिउँ परेपनि यसवर्ष भने धेरैजसो क्षेत्रमा हिउँ परेको हो । पहाडी क्षेत्रमा हिमपात भएको समाचार सुनेपछि पूर्वी तराईबाट ठूलो संख्यामा मानिसहरु हिउँ खेल्न बसन्तपुर, चित्रे क्षेत्रमा आएका हुन् । जाडो याम त्यसैपनि पिकनिक र घुमघामको समय भएकाले यस क्षेत्रमा पर्यटहरुको चहल–पहल बाक्लो हुने गर्दछ । त्यहिंमाथि हिउँ हेर्न र खेल्न समेत पाउने भएपछि पर्यटकहरुको घुइँचो लागेको हो । खासगरी धरान, इटहरी, विराटनगर, विराटचोक लगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् । पछिल्लो सयमा भने भारतको विहारबाट समेत पूर्वी पहाडी जिल्ला घुम्न आउने पर्यटकहरुको संख्या बढीरहेको छ । भारतको पटनाबाट घुम्ना आएका पर्यटक हिउँ समेत खेल्न पाएपछि निकै हर्षित देखिन्थे ।

शुक्रबार हिमपात भएपनि, शनिबार घाम लागेकाले अधिकांश ठाउँको हिउँ भने पग्लिने क्रममा रहेको छ । शुक्रबार बाटो नै हिउँले ढाकेर सवारी साधान सञ्चालनमै समस्या भएकोमा शनिबार भने बाटोको र घामले भेटेको ठाउँको हिउँ पग्लिएको थियो । कहिलै हिउँ हेर्न नपाएका पर्यटकहरु घामले नभेटेको ओझेल क्षेत्रमा रहेको हिउँमा चिप्लेटी खेल्दै रमाएका भेटिन्थे । घामले नभेटेको क्षेत्रको हिँउ अझै केही दिनसम्म रहने सक्ने स्थानीयबासी बताउँछन् । जसका कारण अझै पनि पर्यटकहरु हिउँ खेल्न आउने गरेका छन् । पर्यटकहरुको संख्या बढेसँगै यस क्षेत्रको व्यापार व्यबसाय समेत राम्रो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *