Sunday, May 26, 2019
Home > खेलकुद समाचार > ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणका खेलहरु सुरु

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणका खेलहरु सुरु

ललितपुर, १६ पुष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणका खेलहरु सुरु भएका छन् ।

१२ औं चरणको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसंग ५–५ गोलको बराबरी खेलेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोवाटोमा भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४–१ को अग्रता लिएर पनि जित निकाल्न सकेन । बराबरीसँगै एनआरटी अंक तालिकाको पुछारमै रहेको छ भने मच्छिन्द्र क्लब १२ औं स्थानमा छ । १२ खेलबाट एनआरटीले ६ अंक जोड्दा मच्छिन्द्रको ७ अंक भएको छ । लिगमा एघारौं चरणको खेलबाटै मनाङ मस्र्याग्दी क्लब च्याम्पियन बनिसकेकोले अब दोस्रो स्थानका लागि घम्साघम्सी भईरहेको छ । १४ टिम सहभागी लिगमा ११ खेलबाट मनाङले ३३ अंक जोडेको छ । दोस्रो स्थानको लागि संकटा क्लब, थ्रीस्टार क्लब र आर्मीबिच भिडन्त छ । संकटाको २५, थ्रीस्टारको २३ तथा आर्मीको २१ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *