Monday, April 06, 2020
Home > खेलकुद समाचार > सहिद रन्तकुमार वान्तवा प्रथम राष्ट्रिय खुला फिडे रेटिङ वुद्धिचाल प्रतियोगिता हुने

सहिद रन्तकुमार वान्तवा प्रथम राष्ट्रिय खुला फिडे रेटिङ वुद्धिचाल प्रतियोगिता हुने

मोरङ, १७ पुष । मोरङको पथरीशनिश्चरेस्थित फ्रेन्डसीप चेस क्लबले ‘सहिद रन्तकुमार वान्तवा प्रथम राष्ट्रिय खुला फिडे रेटिङ वुद्धिचाल प्रतियोगिता’को आयोजना गर्ने भएको छ ।

क्लबले आज पत्रकार सम्मेलन गरी माघ ५ देखि ९ गतेसम्म स्थानीय सीनभिलेज पार्टी प्यालेसमा प्रतियोगिता गराइने जानकारी गराएको छ । क्लबका अध्यक्ष अमीर राईले नेपालका करिव डेढसय राष्ट्रिय खेलाडी सहभागि हुने अनुमान गर्दै प्रथमदेखि पाँचौंतहसम्मका लागि क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार नगद सहित ट्रफी प्रदान गरिने वताउनु भयो । उहाँले ३९ जनासम्मलाई पुरस्कार प्रदान गरिनेबताउनुभयो । प्रतियोगितामा पुरस्कारतर्फ ३ लाख ४० हजारसहित कुल ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *